बलिउडकी प्रसिद्ध गायिका साधना सरगमले गाएको एक नेपाली ‘शान्ति गीत’ को भिडियो सार्वजनिक भएको छ।
विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा उक्त गीत सार्वजनिक गरिएको हो।
सन्तोष श्रेष्ठले संगीत गरेको गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन्।
गीतको म्यूजिक भिडियोमा रक्षा श्रेष्ठ, अभेलिना खड्का, दिया गिरी लगायतका कलाकारले अभिनय गरेका छन्।
अजय रेग्मीले छायांकन गरेको भिडिओ सम्पादन टेकेन्द्र शाहले गरेको हुन्।
म्यूजिक भिडियो निर्देशन गीतकार हेमप्रभास अधिकारीले नै गरेका हुन्।
18
Shares

प्रतिक्रिया