कला


शाहरुखको फिल्म ‘जवान’ले बनायो नयाँ रेकर्ड, कमाइ १००० करोडनजिक

शाहरुखको फिल्म ‘जवान’ले बनायो नयाँ रेकर्ड, कमाइ १००० करोडनजिक

नेपालखबर
असोज ७, २०८० आइतबार १९:२०, काठमाडौँ

शाहरुख खानको फिल्म ‘जवान’को विश्वभरको कमाइ हजार करोड नजिक पुगेको छ।

यसैबीच फिल्म समीक्षक तरण आदर्शले ट्विट गर्दै शाहरुख खानको फिल्म जवान सबैभन्दा छिटो ५०० करोड क्लबमा सामेल हुने हिन्दी फिल्म बनेको बताएका छन्।

फिल्म जवानको हिन्दी संस्करणले १८ दिनमा ५ सय करोड कमाएको छ । यसमा आज अर्थात् आइतबारको कमाइ पनि समावेश छ।

गदर–२ ले २४ दिनमा, पठानले २८ दिनमा र बाहुबलीले ३४ दिनमा यति कमाइ गरेका थिए। 

तरण आदर्शले यो कमाई जवानको हिन्दी संस्करणको भएको बताए। 

सन् २०२३ मा शाहरुखको यो दोस्रो फिल्म हो, जसको हिन्दी संस्करणले ५०० करोडभन्दा बढी कमाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad