शाहरुख खानको फिल्म ‘जवान’को विश्वभरको कमाइ हजार करोड नजिक पुगेको छ।
यसैबीच फिल्म समीक्षक तरण आदर्शले ट्विट गर्दै शाहरुख खानको फिल्म जवान सबैभन्दा छिटो ५०० करोड क्लबमा सामेल हुने हिन्दी फिल्म बनेको बताएका छन्।
फिल्म जवानको हिन्दी संस्करणले १८ दिनमा ५ सय करोड कमाएको छ । यसमा आज अर्थात् आइतबारको कमाइ पनि समावेश छ।
गदर–२ ले २४ दिनमा, पठानले २८ दिनमा र बाहुबलीले ३४ दिनमा यति कमाइ गरेका थिए।
तरण आदर्शले यो कमाई जवानको हिन्दी संस्करणको भएको बताए।
सन् २०२३ मा शाहरुखको यो दोस्रो फिल्म हो, जसको हिन्दी संस्करणले ५०० करोडभन्दा बढी कमाएको छ।
NEW RECORD ALERT… ‘JAWAN’ FASTEST TO ENTER ₹ 500 CR CLUB…
— taran adarsh (@taran_adarsh) September 24, 2023
⭐️ #Jawan: Day 18 [today; Sun]
⭐️ #Gadar2: Day 24
⭐️ #Pathaan: Day 28
⭐️ #Baahubali2 #Hindi: Day 34#India biz. Nett BOC. #Hindi version only. pic.twitter.com/ups4Jx76MB
Shares
प्रतिक्रिया