शाहरुख खानको फिल्म ‘जवान’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ र यसैबीच उनले एक्स (ट्विटर) मा फ्यानका धेरै प्रश्नको जवाफ पनि दिइरहेका छन्।
‘आस्क एसआरके’ मा उनले एक्समा फ्यानहरूबाट धेरै प्रश्न लिइरहेका छन्।
सोही सत्रमा उनलाई जियाउल नामको ह्यान्डलले युवा शैलीमा विराट कोहलीको बारेमा केही भन्न आग्रह गरेको छ।
जवाफमा शाहरुखले भनेका छन्, ‘म विराट कोहलीलाई माया गर्छु। उनी मेरो आफन्त जस्तै लाग्छन् र म सधैँ उनको भलाइका लागि प्रार्थना गर्छु...भाइ हाम्रो ज्वाइँजस्तै छन्।’
216
Shares

प्रतिक्रिया