ad ad

कला


विवेक ओझाको ‘ऐँठन’ लाई मदन पुरस्कार

विवेक ओझाको ‘ऐँठन’ लाई मदन पुरस्कार

नेपालखबर
असोज १४, २०८० आइतबार ११:३३, काठमाडौँ

यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ लाई प्रदान गरिने भएको छ। 

आइतबार बिहान बसेको मदन पुरस्कार गुठीको बैठकले ओझाको ‘ऐँठन’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

‘ऐँठन उपन्यासका लागि विवेक ओझालाई अर्पण गर्ने निर्णय बैठकले गरेको छ,’ गुठीका अध्यक्ष कुन्द दिक्षितले भने।

त्यसैगरी बैठकले संवत् २०७९ को जगदम्बाश्री टेकवीर मुखियालाई प्रदान गर्ने निर्णय गरेको छ। 

मदन पुरस्कार गुठीले यसअघि शीर्ष पाँच कृतिहरू छनोट गरेर सार्वजनिक गरेको थियो। 

प्राप्त कुल ३१३ कृतिबाट छनोट भएका पाँच उत्कृष्ट कृतिमध्ये पनि ऐँठनले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गरेको हो।

उत्कृष्ट पाँचमा छनोट हुने कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए। 

साङ्ग्रिला बूक्सद्वारा प्रकाशन गरिएको उपन्यास ऐंठनमा दुई दशकअघि माओवादी विद्रोहको बेला नेपाली समाजले भोगेको घटनाको विषयवस्तुमा आधारित छ। उपन्यासमा द्वन्द्वकालका घटना समेटिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .