कला


३२ वर्षपछि फेरि सँगै रजनीकान्त र अमिताभ

३२ वर्षपछि फेरि सँगै रजनीकान्त र अमिताभ

नेपालखबर
असोज १७, २०८० बुधबार १३:४२, काठमाडौँ

सन् १९९२ मा बलिउड चलचित्र ‘हम’मा रजनीकान्त र अमिताभ बच्चन एकसाथ देखिएका थिए। त्यसयता यी दुई कलाकारलाई फिल्ममा सँगै देख्न पाइएको छैन। 

तर ३२ वर्षपछि दर्शकले अब यी दुई सुपरस्टारलाई सँगै देख्न पाउने भएका छन्।  रजनीकान्तको ‘थलाइवर १७०’ मा अमिताभ बच्चनले पनि अभिनय गर्ने भएका हुन्। 

यो फिल्ममा मञ्जु वारियर, दुशारा विजयन र रितिका सिंहलगायत नयाँ अनुहार पनि देखिने छन्। साथमा बाहुबलीबाट चर्चित बनेका राणा दग्गुबाती पनि चलचित्रमा देखिने छन्।

कलाकार जोडिने क्रममा फिल्ममा अमिताभ जोडिएका हुन्। अमिताभ फिल्ममा जोडिएको कुरा निर्माण कम्पनीको आधिकारिक सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको हो।

‘भारतीय सिनेमाको शहंशाहलाई स्वागत छ,’ पोस्टमा भनिएको छ।

यो चलचित्रको निर्देशन टीजे गनानवेलले गर्दै छन्। उनले यसअघि सूर्या अभिनित चलचित्र ‘जय भीम’ को निर्देशन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad