गायक तेजस रेग्मी र गायिका समीक्षा अधिकारको स्वर रहेको गीत ‘बगरमा घर’को म्युजिक भिडिओ रिलिज गरिएको छ। गायिका अधिकारीको युट्युबाट रिलिज गरिएको गीतमा आमेष भण्डारी र गायिका अधिकारी स्वयंमले अभिनय गरेका छन्।
सार्वजनिक म्युजिक भिडियोमा अभिनेता भण्डारी र गायिका अधिकारीको केमेष्ट्री गजब देखिएको छ। अभिनेता भण्डारी यतिबेला अष्ट्रेलियामा छन्। उनी केही समयअघि नेपाल आएको बेला यो म्युजिक भिडियोको छायांकन गरिएको थियो। सार्वजनिक गीतमा गायक रेग्मीको शब्द रचना तथा संगीत रहेको छ।
काजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा नवराज उप्रेतीको छायांकन, दिपक विष्टको कलर तथा सम्पादन, विमला तामाङको मेकअप र सुक्निता चौलागाईको ड्रेस डिजाइन रहेको छ।
144
Shares

प्रतिक्रिया