कला


नवल खड्काको लगानीमा फिल्म ‘दोधारा चाँदनी’ बन्ने

नवल खड्काको लगानीमा फिल्म ‘दोधारा चाँदनी’ बन्ने

नेपालखबर
कात्तिक २६, २०८० आइतबार १२:३७, काठमाडौँ

नवल खड्काले नयाँ फिल्म बनाउने भएका छन्। लक्ष्मीपूजाको अवसरमा खड्काले फेसबुकमार्फत ‘दोधारा चाँदनी’ शीर्षकको फिल्म बनाउने घोषणा गरेका हुन्। 

यो फिल्म कञ्चरपुर जिल्लाको महाकालीकापारिको नेपाल दोधारा चाँदनीको कथामा बन्नेछ। भारतले दोधराचाँदनीमा गरेको सीमा अतिक्रमणदेखि त्यहाँका जनताहरुले भोग्नुपरेको व्यथालाई फिल्ममा देखाइनेछ। 

सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मको खड्का निर्माता हुन्। फिल्मको टाइटल घोषणा गरेपनि कलाकार र प्राविधिक टिमबारे टुंगो नलागेको उनले सुनाए। 

यसअघि पनि खड्काले नेपालको सीमा अतिक्रमको विषयवस्तुमा फिल्म बनाउँदै आएका छन्। उनको निर्देशन र अभिनय रहेको आगामी फिल्म ‘काँडेतार’ फागुन २५ गते रिलिज हुँदैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .