नेपालमा टिकटक प्रतिबन्ध भएसँगै आमजमात दुईतिर बाँडिएको छ। केहीले प्रतिबन्धमा समर्थन जनाएका छन् भने टिकटक प्रयोगकर्तासहित केही नेताहरूले भने प्रतिबन्धको विरोध गरिरहेका छन्।
आजै मात्रै टिकटक बन्द गर्ने सरकारको निर्णयलाई लिएर सर्वोच्च अदालतमा १० वटा रिट परेको छ। अदालतमा रिट परेसँगै नेपाली सेलिब्रेटीहरूले पनि यसबारे आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन्।
अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले टिकटक बन्दबारे सामाजिक सञ्जाल एक्समा आफ्नो प्रतिक्रिया दिएकी छिन्।
‘यति सानो एउटा एप बन्द हुँदा यस्तो रुवाबासी गर्ने केही नेता र केही सो–कल्ड इन्टलेक्चुअलले देश बनाउने रे!’ अन्तिममा हाँसेको इमोजी राख्दै उनले लेखेकी छिन्।
उनको यो अभिव्यक्तिको व्यङ्ग्य अहिले टिकटक प्रतिबन्धको निर्णयको विरुद्धमा रहेका केही पार्टी र नेतालक्षित हो। किनकी कांग्रेस, रास्वपा, एमाले पार्टीका केही नेताहरूले टिकटक प्रतिबन्धको निर्णयप्रति विरोध जनाइरहेका छन्।
— Rekha Thapa Actor (@rekhafilms) November 17, 2023यति सानो एउटा App बन्द हुदा यस्तो रुवाबासी गर्ने केही नेता र केही so called intellectual देश बनाउने रे 😂😂
Shares

प्रतिक्रिया