कला


‘एनिमल’को भूमिका विवादित भएपछि रश्मिकाले दिइन् यस्तो प्रतिक्रिया

‘एनिमल’को भूमिका विवादित भएपछि रश्मिकाले दिइन् यस्तो प्रतिक्रिया

नेपालखबर
मंसिर २४, २०८० आइतबार १३:२१, काठमाडौँ

बलिउड फिल्म ‘एनिमल’ ले लगातार बक्स अफिसमा नयाँ रेकर्ड कायम गरिरहेको छ। 

बक्सअफिसमा आक्रामक व्यापार गर्दा फिल्मको आलोचना समेत भइरहेको छ। महिलालाई गलत चित्रण गरेको भन्दै केही दिनअघि भारतीय संसदमा प्रश्न उठेको थियो। 

यसैबीच, फिल्मकी मुख्य अभिनेत्री रश्मिका मन्दानाले आफ्नो चरित्र गीताञ्जली पात्रलाई लिएर एक भावुक नोट सेयर गरेकी छिन्। 

गीताञ्जलीको क्यारेक्टरलाई लिएर धेरै प्रश्न आएको तर, निर्देशकले बुझाएपछि आफू खेल्न राजी भएको रश्मिकाले उल्लेख गरेकी छिन्।

 ‘गीताञ्जली, यदि मैले उनलाई शब्दमा व्याख्या गर्दा उनी एक मात्र शक्ति हुन्, जसले सम्पूर्ण घरलाई एकसाथ राख्छिन्। उनी पवित्र, असल, अनफिल्टर, शक्तिशाली र काँचो छिन्। एक कलाकारको हिसाबले म गीताञ्जलीका केही कार्यहरूलाई प्रश्न गर्छु। मलाई याद छ कि मेरो निर्देशकले मलाई यो उनको कथा हो भनेर भनेका थिए। रणविजय र गीताञ्जली। यो उनको माया र जोश हो। उसको परिवार र जीवन छ। उहाँहरू त्यस्तै हुनुहुन्छ।’

साथै मन्दानाले गीताञ्जली पात्रलाई शान्ति र सान्त्वनाको रुपमा समेत व्याख्या गरेकी छिन्।

‘गीताञ्जली पात्रले हिंसा, धोका र असहनीय पीडाले भरिएको संसारमा शान्ति, विश्वास र सान्त्वना ल्याउँछिन्। उनले आफ्नो श्रीमान र छोराछोरीलाई सुरक्षित राख्न प्राथना गर्छिन्। उनी चट्टानजस्तै छिन्, जसले सबै आँधीहरु सहेकी छिन्,’ उनले भनेकी छन्।

गीताञ्जलीले समाजका धेरै महिलाको प्रतिनिधित्व गर्ने बताउँदै रश्मिकाले आफ्नो नजरमा गीताञ्जली निकै सुन्दर भएको उल्लेख गरेकी छिन्। 

केही समयअघि कांग्रेस सांसद रञ्जित रञ्जनले फिल्म ‘एनिमल’को कुरा संसदमा उठाएका थिए। फिल्ममा महिलालाई जसरी प्रस्तुत गरिएको छ, त्यो गलत भएको उनको भनाई थियो। 

आफ्नी छोरी साथीभाइसँग फिल्म हेर्न गएको तर, फिल्ममा महिला हिंसा र हिंसाका दृश्य देखेपछि रुँदै घर फर्किएको सांसद रञ्जितले बताएका थिए।

१ डिसेम्बरबाट रिलिज भएको यस फिल्मले विश्वभर भारु ६०० करोड भन्दा बढीको व्यापार गरिसकेको छ। फिल्ममा रश्मिकासहित रणवीर कपुर, अनिल कपुर, बबी देओल, तृप्ति डिमरी लगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .