कवि तथा गीतकार वसन्त चौधरीले नयाँ कार्यक्रम चलाउने भएका छन्। चौधरीले ‘मनका कुरा विथ वसन्त चौधरी’ टाइटलमा कार्यक्रम होस्ट गर्न लागेका हुन्।
चौधरीले एक भिडिओ सार्वजनिक गर्दैँ नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिएका हुन्। ‘मलाई तपाईंका कुरा सुन्न मन लाग्यो। र, अरुलाई पनि सुनाउन मन लाग्यो।’ वसन्तले सार्वजनिक भिडिओमा भनेका छन्।
यो कार्यक्रम अन्तर्वार्ता शृङ्खला हो जुन अन्तरंग र प्रेरणादायी कुराकानीहरूमा केन्द्रित हुनेछ। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुको असाधारण यात्रा र महत्त्वपूर्ण प्रभावलाई समेटिने समेत बताइएको छ।
यस कार्यक्रमको पहिलो गेस्टको रुपमा अभिनेत्री सुरक्षा पन्तलाई आमन्त्रित गरिएको छ। ‘गोपी’, ‘आमा’ जस्ता फिल्ममार्फत बलियो छाप पारेकी सुरक्षा कान्स फिल्म फेस्टिभलमा पुग्ने पहिलो अभिनेत्री समेत हुन्।
यो अन्तर्वार्ता कार्यक्रम हरेक शुक्रबार साँझ ८ बजे सिजी इन्टरनेटमेन्ट युट्युव च्यानलमा प्रसारण हुनेछ।
वसन्त चौधरी कवि/गीतकारका साथै एक सफल व्यवसायी समेत हुन्। उनको नर्भिक अस्पताललगायतका क्षेत्रमा लगानी रहेको छ।
Shares

प्रतिक्रिया