कवि देवव्रतको शब्दमा नयाँ गीत ‘नरो ए कर्णाली’ सार्वजनिक भएको छ।
मंगलबार गायक तथा संगीतकार सजल न्यौपानेको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले कर्णालीको दुःख र सम्भावनाको कथा भन्छ। गीतमा गायक सजलले नै संगीत र स्वर दिएका छन्।
गीतको भिडिओमा कपिल अन्जानले बटुलेका सुन्दर मोन्टाजहरू प्रयोग गरिएको छ। भिडिओको सम्पादन तथा कलरिङ सलिल न्यौपानेले गरेका छन्।
45
Shares

प्रतिक्रिया