कला


‘एनिमल’ जस्तो फिल्म हिट हुनु खतरनाक भनेपछि जावेदलाई फिल्ममेकरले दिए यस्तो जवाफ

‘एनिमल’ जस्तो फिल्म हिट हुनु खतरनाक भनेपछि जावेदलाई फिल्ममेकरले दिए यस्तो जवाफ

नेपालखबर
पुस २३, २०८० सोमबार ९:२, काठमाडौँ

रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ। १ डिसेम्बरबाट रिलिज भएको यो फिल्म अहिले पनि हलमा प्रदर्शनमै छ। बक्सअफिसमा हिट भएपनि यो फिल्म आलोचनाबाट मुक्त हुन सकेन। 

हालै भारतीय गीतकार तथा लेखक जावेद अख्तरले एनिमलजस्तो फिल्म सफल हुनुलाई खतरनाक भएको टिप्पणी गरे। यस भनाइप्रति सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रियाहरु आइरहेका छन्। 

यसैबीच, फिल्म एनिमल निर्माण टिमले एक्समार्फत जावेदलाई कडा जवाफ दिएका छन्। साथै नारीवादको विषयलाई समेत छेडेका छन्।
 

जावेदको टिप्पणीप्रति जवाफ दिँदै लेखिएको छ,‘यदि तपाइँको क्षमताको लेखकले प्रेमी (जोया र रणविजय बीच) को विश्वासघात बुझ्न सक्दैन भने तपाइँको सबै कला ठूलो झुट हो। यदि कुनै महिला (जसलाई प्रेमको नाममा पुरुषबाट धोका मिलेको छ) ले मेरो जुत्ता चाट भन्दा मानिसहरु फेमिनिस्ट भन्दै उत्सव मनाउन्थे। प्रेमलाई लैङ्गिक राजनीतिबाट टाढा राख्नुहोस्। प्रेमीले धोका दियो र झुट बोल्यो। जसकारण प्रेमीले मेरो जुत्ता चाट भनेको हो।’

मेकर्सको जवाफपछि सामाजिक प्रयोगकर्ताले समेत विभिन्न कमेन्ट गरिरहेका छन्। 

‘तपाईंको कला गलत छ। तीनवटा फिल्म बनाएपछि सन्दीपमा घमण्ड आएको छ। समय सबैको आउँछ। राम्रो समयमा जनता तपाईंको साथमा छन्। नराम्रो समय पनि आउनेछ, जुन मानिस तपाईंको छन्, तिनीहरुले नै ट्रोल गर्नेछन्,’ एक प्रयोगकर्ताले लेखेका छन्। 

त्यस्तै अर्को प्रयोगकर्ता लेख्छन्, ‘यदि तपाईंले हरेक आलोचनाको जवाफ दिनुपर्छ भने, यसको मतलब तपाईंले समस्याग्रस्त फिल्म बनाउनुभयो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .