कला


अग्रिम बुकिङमा ऋतिकको ‘फाइटर’ ले कमायो २ करोड भारु

अग्रिम बुकिङमा ऋतिकको ‘फाइटर’ ले कमायो २ करोड भारु

नेपालखबर
माघ ७, २०८० आइतबार १८:९, काठमाडौँ

ऋतिक रोशन स्टारर बलिउड फिल्म ‘फाइटर’ २५ जनवरीबाट प्रदर्शन हुँदैछ। रिलिज मिति नजिकिएसँगै यस फिल्मको अग्रिम बुकिङ खुला भइसकेको छ।

अग्रिम बुकिङमा पहिलो दिन यस फिल्मले राम्रो संकेत देखाएको छ। पहिलो दिन २ करोड भारतीय रुपैयाँ बराबरको ६० हजार टिकट बिक्री भइसकेको छन्।

भारतीय मिडियाका अनुसार अग्रिम बुकिङको पहिलो दिन फाइटरका ६ हजार ४२६ शोको ५९ हजार ३३६ टिकट बिक्री भइसकेको छ। जसबाफत फिल्मले झण्डै २ करोड भारु कमाएको हो।

जसमध्ये ६३.८ लाखको टुडी संस्करणको २४ हजार १८६ टिकट र थ्रीडी संस्करणतर्फ १०५ करोडको ३० हजार ९०३ टिकट बिक्री भएको छ। निर्माताहरूले यस फिल्मलाई आइम्याक्स ३ डी र फो डिएक्स पनि रिलिज गरिनेछ।

यस फिल्ममा ऋतिक रोशनसँगै दीपिका पादुकोण र अनिल कपुर मुख्य भूमिकामा छन्। भायाकम १८ स्टुडियो निर्माण रहेको यस फिल्मलाई भारतको पहिलो एरिकल एक्सन फिल्म समेत भनिएको छ।

फिल्मको कथा सिद्धार्थ आनन्द र भारतीय सेनाका पूर्वअधिकृत तथा लेखक रामन छिबले लेखका हुन्।

सिद्धार्थ निर्देशित यो फिल्म भारतको गणतन्त्र दिवसको अवसरमा रिलिज हुनेछ। यसअघि सिद्धार्थले ‘पठान’ र ‘वार’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad