ad ad

कला


गायक कमल खत्रीलाई मन पर्ने आफ्नै ५ गीत

गायक कमल खत्रीलाई मन पर्ने आफ्नै ५ गीत

नेपालखबर
फागुन ५, २०८० शनिबार १४:५५, काठमाडौँ

नेपाली दर्शकश्रोतामाझ चर्चित गायक हुन्: कमल खत्री। प्रायजसो मायाप्रेमका गीत गाउने कमल युवापुस्ताबीच निकै लोकप्रिय छन्। आधुनिक पप जनराका गीत गाउँदै आएका कमल लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन्।

यो अवधिमा कमलले थुप्रै गीतमा स्वर भरिसकेका छन्। संख्यात्मक हिसाबले धेरै भए पनि केही गीतहरु कमललाई औधी मन पर्छन्। आफूलाई मनपर्ने आफ्नै पाँच गीतबारे गायक खत्रीले यसरी सुनाए :

आत्मामा तिम्रो आत्मामा
मलाई सबैभन्दा मनपर्ने गीत 'आत्मामा' हो। आफूलाई चिनाउने गीतको निकै माया लाग्ने रहेछ। किनकि यस गीतबाट नै मलाई सबैले नोटिस गर्नुभएको हो। त्यसकारण यो गीत निकै प्यारो लाग्छ।

यस गीतमा शब्द र संगीत मेरो आफ्नै छ। त्यस्तै बबिता मानन्धरले गायनमा साथ दिनुभएको छ। यस गीतको मेलोडीले दर्शकको मन तानिरहेको हुन्छ। त्यसैले ११ वर्ष पुरानो भए पनि अझै मलाई यसै गीतबाट स्टेजमा नोटिस गर्नुहुन्छ। यस गीतको माग बढी हुन्छ। साथी विश्व शर्माको लगानीमा बनेको यस गीतको भिडिओलाई युट्युबमा एक करोड ९० लाख पटक हेरिएको छ।

जाउँला रेलैमा (बैरी भयो)
'जाउँला रेलै' मा गीत पनि निकै मन पर्छ। सातवर्षअघि रिलिज गरिएको यस गीतमा मैले सामाजिक मुद्दालाई उठान गरेको थिएँ। समाजमा रहेको जातीय विभेदले गर्दा माया गर्ने जोडी छुट्नु परेको छ। त्यही विभेदको कुरा समेटेर मैले गीतमार्फत 'जातभन्दा माया ठूलो हुन्छ' भन्ने सन्देश दिन खोजेको छु।

गीत चल्छ भन्दा पनि यो चिज गलत भइरहेको छ भनेर समाजलाई झक्झकाउने प्रयास गरेको थिएँ। जुन गीतलाई धेरै रुचाइदिनुभएको छ। यस गीतले मलाई एककिसिमको हाइट दिएको छ। जाउँला रेलैमा गीतमा स्वरदेखि शब्द र संगीत पनि मेरो आफ्नै छ।

पहिलो माया
माया गर्ने मान्छेहरुको लागि 'तिमी मेरो पहिलो माया' निकै विशेष छ। सुदीप लम्सालको शब्द रहेको यस गीतमा म्युजिक, कम्पोजिसन र स्वर मेरो आफ्नै छ। 

यस गीतले माया गर्ने मान्छेबाहेक मलाई अरु केही चाहिँदैन भन्ने भाव बोकेको छ। यस प्रेमिल गीतलाई पनि अडियन्स अत्याधिक मन पराउनुहुन्छ। युट्युबमा पनि गीतलाई करोड बढी भ्युज मिलिसकेको छ। त्यसकारण यो गीत पनि निकै प्रिय लाग्छ।

सहन सक्दिनँ म
मलाई मनपर्ने अर्को गीत हो: सहन सक्दिनँ म (चोखो माया)। फिल्म 'जिन्दगी रक्स' मा समावेश यस गीतले प्रेमको भाव प्रकट गर्छ। गीतमा मेरो र श्रेया सोताङको स्वर छ।

शब्द र संगीत समेत मेरो रहेको गीतले सुनचाँदीभन्दा माया ठूलो हुन्छ भन्ने कुरा समेटेको छ। गीतको भिडिओमा अकेशा बिष्ट लगायतले अभिनय गरेका छन्।

फिक्का फिक्का
'फिक्का फिक्का' पनि मेरो लागि निकै खास छ। किनकि यस गीतमा मैले र श्रीमती (मेलिना मैनाली) ले पहिलोपटक सहकार्य गरेका थियौँ। पहिलो मायापछि मैले हिट गीत दिन सकेको थिइनँ। तर, कोरोना महामारीबीच निकालेको यस गीतले ठूलो राहत दियो। मेलिनासँगको सहकार्यका हिसाबले यो गीत प्रिय लाग्छ।

मिलिसकेको छ। यस गीतले मेरो युट्युब अकाउन्टको सब्स्क्राइबर पनि बढाएको थियो। मेरो शब्द र संगीत रहेको गीतले मायालुको प्रवेशले जीवनमा आएको रंगीन भाव समेटेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .