ad ad

कला


धेरै पारिश्रमिक लिने भिलेन बने ‘केजीएफ’ स्टार यश, अरु कुन स्थानमा?

धेरै पारिश्रमिक लिने भिलेन बने ‘केजीएफ’ स्टार यश, अरु कुन स्थानमा?

नेपालखबर
चैत ६, २०८० मंगलबार १६:१, काठमाडौँ

दक्षिण भारतीय स्टार यश अब खलनायक बन्ने भएका छन्। केजीएफ जस्ता हिट श्रिंखला दिइसकेका उनी बलिउड फिल्म ‘रामायण’ मा रावणको भूमिकामा देखिन लागेका हुन्।

यस फिल्ममा रणवीर कपूरसहित साई पल्लवीको पनि मुख्य भूमिका रहेको छ। दंगल, छिछोरे जस्ता हिट फिल्म बनाएका नितेश तिवारी यस  फिल्मलाई निर्देशन गर्नेछन्।  

खास कुरा त यशले यो भूमिकाका लागि १५० करोड भारु पाएका छन्। जुन हिन्दी सिनेमाको इतिहासमा खलनायकले लिने सबैभन्दा धेरै पारिश्रमिक हो।

मिडिया रिपोर्टका अनुसार यश केजीएफ ३ को सुटिङमा पनि व्यस्त छन्। तर, पनि आफ्नो पहिलो बलिउड फिल्मको रुपमा रामायणलाई रोजेका छन्।

बलिउडमा एक अभिनेताले खलनायकको रूपमा यति पारिश्रमिक लिनु ठूलो कुरा हो। किनभने अहिलेसम्म यस्तो भएको छैन। रिपोर्टका अनुसार यशले रणवीर सिंह, सञ्जय दत्त, कमल हसन, विजय सेतुपति, इमरान हासमी र सैफ अली खान जस्ता स्टारको रेकर्ड समेत तोडेका छन्।

अरु कुन स्थानमा?
प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन स्टारर ‘कल्की २८९८ एडी’ मा खलनायकको भूमिकामा देखिनेछन्। उनले यो फिल्मका लागि ३० करोड भारु पारिश्रमिक लिएका छन्। यशपछि उनी सबैभन्दा धेरै कमाउने खलनायकको सूचीमा दोस्रो स्थानमा छन्।

त्यस्तै, साउथका अर्का चर्चित अभिनेता विजय सन् २०२३ को ब्लकबस्टर फिल्म ‘जवान’ भिलेन कालीको भूमिकामा देखिएका थिए। जसको लागि उनले २१ करोड भारु पारिश्रमिक लिएको बताइन्छ।

२०१८ मा रिलिज भएको फिल्म ‘पद्मावत’मा रणवीर सिंहले नायकको सट्टा खलनायकको भूमिका रोजेका थिए। जसका लागि उनले १३ करोड पारिश्रमिक लिएका थिए। सञ्जय लीला भन्सालीले निर्देशन गरेको यस फिल्ममा रणवीरले अलाउद्दीन खिलजीको भूमिका निभाएका थिए ।

सन् २०२३ मा रिलिज भएको फिल्म ‘आदिपुरुष’ मा सैफअलीखानले रावणको पात्रमा देखिएका थिए। जसको लागि उनले १० करोड भारु पारिश्रमिक लिएका थिए।

इमरान हासमीलेपनि हिरोसँगै भिलेनको चरित्रमा देखिसकेकी छन्। गत वर्ष ‘टाइगर ३’ मा देखिएका उनले १० करोड रुपैयाँ भारु पाएका थिए।

केजीएफ २ मा विलेन बन्नको लागि सञ्जय दत्तले पनि ८र९ करोड भारु पारिश्रमिक लिएका थिए। उनी यस फिल्ममा अधीराको भूमिकामा छन्।

फिल्म एनिमलमा बबी देओल मुख्य खलनायक बनेका थिए। फिल्ममा अबरारको भूमिकामा देखिएका उनलाई निकै रुचाइएको थियो।

यो भूमिकाका लागि उनलाई ४.५ करोड रुपैयाँ भारु पारिश्रमिक दिइएको थियो, जुन उनले यसअघि कुनै पनि फिल्मका लागि पाएका थिएनन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .