ad ad

कला


यस्तो छ अमेजन प्राइम भिडिओमा आउने ६९ सिरिज र फिल्मको सूची

यस्तो छ अमेजन प्राइम भिडिओमा आउने ६९ सिरिज र फिल्मको सूची

नेपालखबर
चैत ७, २०८० बुधबार १३:५४, काठमाडौँ

अमेजन प्राइम भिडिओले हिजो अर्थात् मार्च १९ मा मुम्बईमा ‘आर यु रेडी’ नामक कार्यक्रम आयोजना गर्‍यो। यससँगै अमेजन प्राइमले ४० वेब शो र २९ वटा फिल्मको घोषणा गरेको छ।

जसमा बहुप्रतिक्षित सिरिज ‘मिर्जापुर ३’ र ‘पञ्चायत ३’ पनि छ। यस कार्यक्रममा बलिउड स्टारसहित दक्षिण भारतीय कलाकारहरूको पनि सहभागिता थियो।

शाहिद कपुर, विजय देवरकोंडा, सिद्धार्थ मल्होत्रा, प्रियंका चोपडा, मनोज बाजपेयी र मृणाल ठाकुरजस्ता धेरै ठूला सेलिब्रेटी उपस्थित थिए।

मिर्जापुरका पूरा स्टार कास्ट कार्यक्रममा देखिएको थियो।

अंग्रेजीतर्फ बेव सिरिज फल आउट र द आइडिया अफ यु छन्। हिन्दी वेव सिरिज र फिल्मतर्फ सिटाडेल: हनी बनी, गुलकन्द टेल्स, मटका किङ, दुपहिया, रंगीन, द ग्रेट इन्डियन कोड, खौफ, दलदल, अधेरा, इन ट्रान्जिट, डेयरिङ पार्टनर्स, कल मी बे, द ट्राइब, ब्यान्डवाले, जिद्दी गर्ल, दिल दोस्ती डिलेमा, वाक गर्ल्स समावेश छन्।

त्यसैगरी मा कसम, ऐ वतन मेरे वतन, सुपरम्यान अफ मालेगाउँ, बी हेप्पी, द मेहता ब्वाइज, छोरी २, सुबेदार, चन्दु च्याम्पियन, सनकी, हाउसफुल ५, बागी ४, शूजीत सरकारका नेक्स्ट प्रोजेक्ट, स्त्री २, इक्कीस, तेरी बातौं मे ऐसा उलझा जिया, अश्वत्थामा- द सागा कन्टिनुज, सिंघन अगेन, वुमेन अफ माइ बिलियन, योद्धा, ब्याडन्युज, युधरा, ग्राउन्ड जिरो, अग्नि, मडगांव एक्सप्रेस, डन ३, पाताल लोक सिजन २, बन्दिश बैन्डिट्स सिजन २, पञ्चायत सिजन ३ र मिर्जापुर सीजन ३ अम्रेजन प्राइमको सूचीभित्र अटाएका छन्।

दक्षिण भारतीय सिरिज र फिल्मतर्फ द राणा कनेक्सन, इस्पेक्टर ऋषि, स्नेक एन्ड लेडर्स, ग्यान्स कुरुती पुनल, अराबिया काडली, चिकाती लो, उप्पू कप्पू रम्बु, कान्तारा-ए लेडेन्ड च्यान्डर १, हरि हर वीरा मल्लु, कंगुवा, वा वाथियार, सुझल- द वोर्टेक्स सिजन २, ओम भीम बुश, घाटी, शिवरापल्ली, उत्साद भगत सिंह,गेम चेन्जर, थम्मुडु र फ्यामली स्टार अमेजन प्राइममा आउनेछन्।

अमेजन प्राइम भिडिओले घोषणा गरेका सिरिज र फिल्म सन् २०२४ देखि २०२५ सम्म रिलिज हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .