शुक्रबार नेपाली सिनेमाहलमा दुई विदेशी फिल्महरु प्रदर्शन भएका छन्। बलिउड फिल्म ‘क्रू’ सहित हलिउड फिल्म ‘गोडजिला भर्सेस कङ: द न्यु अम्पायर’ रिलिज भएको हो।
तर, आज रिलिज हुने भनिएको नेपाली भाषाको एनिमेटेड फिल्म ‘सलीना: योद्धा राजकुमारी’ रिलिज रोकिएको थियो।
बलिउड फिल्म ‘क्रू’ एकता कपुर र रीया कपुरको प्रोडक्सनमा बनेको हो। यस फिल्ममा कपुर खान, तब्बु, कृति सेनन र दिलजित दोसाँझ मुख्य भूमिकामा छन्।
राजेश कृष्णणको निर्देशन रहेको यस फिल्मले विमान परिचारिकाको कथालाई समेटिएको छ।
हलिउड फिल्म ‘गोडजिला भर्सेस कङ: द न्यु अम्पायर’ एडम विंग्वड निर्देशनमा बनेको छ।
गोडजिल्ला फ्रेन्चाइजको ३८ औं र किङ कङको १३ औं श्रृंखला हो। एक्सन र एडभान्चर जनरामा बनेको यस फिल्ममा रेबेका हल, दान स्टीभेन्च र राचेल हाउसको मुख्य भूमिका छ।
Shares
प्रतिक्रिया