कला


शाहरुख खानको चर्चित टीभी शो ‘फौजी’ को सिक्वेल बन्ने

शाहरुख खानको चर्चित टीभी शो ‘फौजी’ को सिक्वेल बन्ने

नेपालखबर
असोज ३०, २०८१ बुधबार १३:४१, काठमाडौँ

शाहरुख खानको लोकप्रिय सिरियल ‘फौजी’ को ३५ वर्षपछि सिक्वेल बन्ने भएको छ। फिल्म निर्माता सन्दीप सिंहले दूरदर्शनसँगको सहकार्यमा फौजी २ घोषणा गरेका छन्। 

‘हामी टिभीमा एउटा उत्कृष्ट शोलाई नयाँ र रमाइलो ढंगले फिर्ता ल्याउँदैछौँ। सन् १९८९ को ‘फौजी’ ले हामीलाई शाहरुख खानजस्तो अभिनेता दियौं। शाहरुख केही समयमै बलिउडका बादशाह बने। अब फौजी २ मार्फत म फेरि इतिहास रच्न चाहन्छु र हरेक भारतीय, विशेष गरी युवाहरूसँग जोडिन चाहन्छु।’

यो शो सेनाका जनताको चुनौती, संघर्ष र मित्रतामा आधारित हुनेछ। यसमा नयाँ कलाकारलाई महत्वपूर्ण भूमिकामा देखाइनेछ।

अंकिता लोखंडेका श्रीमान विक्की जैन ‘फौजी २’ बाट अभिनयमा डेब्यु गर्दैछन्। यस शोमा विक्की कर्नल सञ्जय सिंहको भूमिकामा देखिनेछन्। गौहर खानले लेफ्टिनेन्ट कर्नल सिमरजीत कौरको भूमिका निर्वाह गर्नेछिन्, जो हतियार ह्यान्डलिङमा विशेषज्ञ क्याडेट ट्रेनर हुन्।

यस बाहेक यस शो मार्फत १२ कलाकारले अभिनयको दुनियाँमा प्रवेश गर्नेछन्। जसमा आशिष भारद्वाज, उत्कर्ष कोहली, रुद्र सोनी, अमरदीप फोगट, अयान मनचन्द, नील सतगुप्ता, सुवंश धर, प्रियांशु राजगुरु, अमन सिंह दीप, उदित कपुर, मनशी र सुस्मिता भण्डारी जस्ता नयाँ कलाकारको नाम समावेश छ।

‘फौजी २’ मा ११ वटा गीत हुनेछन्। यसको टाइटल ट्र्याक सोनु निगमले गाएका हुन्। यसमा श्रेयस पुराणिकको संगीत र शरद केलकरको आवाज रहनेछ। ‘फौजी २’ लाई सन्दीप सिंह, विक्की जैन, जफर मेहन्दी र समीर हलिमले निर्माण गरिरहेका छन्। जसलाई अभिनव पारीकले निर्देशन गर्नेछन्। उनको साथमा निशान्त चन्द्रशेखर पनि रहनेछन्। 

यो शो हिन्दी बाहेक तमिल, तेलुगु, गुजराती, पञ्जाबी र बंगालीमा दूरदर्शनमा प्रसारण हुनेछ। तर, यसको रिलिज मिति भने टुंगो लागेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad