हेमन्त शर्माको गीत ‘आउँथ्यो दसैं’ यसवर्ष युट्युवमा सर्वाधिक हेरिने दसैँ गीत बनेको छ। हालसम्म यस गीतलाई ७२ लाख भन्दा धेरै पटक हेरिएको छ।
हेमन्तको शब्द, संगीत रहेको गीतमा हेमन्तसहित मेलिना राईको स्वर छ। गीतलाई राकेश सोनीले एरेन्ज गरेका हुन्।
असोज २ गते सार्वजनिक गरिएको यस गीतमा व्यापक टिकटक र रिल्स बनेका छन्।
हेमन्त शर्माको यो पहिलो दसैँ गीत हो। सार्वजनिक गीतमा दसैँदेखि तिहारसम्मको रमाइलो माहोल समेटिएको छ।
अरु वर्षभन्दा यो वर्षको दसैँमा निकै मजा भएको भाव गीतमा समेटिएको छ। दसैँ र तिहारमा परदेशिएकाहरुलाई पनि घर फर्किनुपर्छ भन्ने सन्देश गीतमा छ।
गीतमको भिडिओमा हेमन्तसहित रजनी गुरुङ, डोना थापा मगर, ललना चिमरिया, एलिस राईको नृत्य र अभिनय छ। पवन सुसिलाङले खिँचेका भिडिओलाई मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको छ।
Shares

प्रतिक्रिया