कला


इन्टलेक्चुअल मोरन ब्यान्डले ल्यायो सन्देशमूलक रक गीत ‘रक्सी’

इन्टलेक्चुअल मोरन ब्यान्डले ल्यायो सन्देशमूलक रक गीत ‘रक्सी’

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार १६:३६, काठमाडौँ

इन्टलेक्चुअल मोरन ब्यान्डको नयाँ रक गीत ‘रक्सी’ सार्वजनिक भएको छ। दीपेन गुरुङको शब्द तथा स्वर रहेको गीतमा चर्चित गिटारिस्ट शरद श्रेष्ठको गिटार सुन्न सकिन्छ।

हङकङको फन्की मंकी बारमा हलोइन र नेपालमा लक्ष्मी पूजाको अवसर पारेर यो गीतको प्रिमियर गरिएको थियो।

गीतको ड्रम्समा सम्राट मानन्धर र बेसमा संजीव श्रेष्ठले साथ दिएका छन्। गीतको भिडिओमा शरद स्वयम्ले अभिनय गरेका छन्। भिडिओलाई जेम्स लामाले निर्देशन गरेका छन्।

गीतले रक्सीले जीवनमा पार्ने असर र त्यसबाट मुक्त हुन सन्देश दिन्छ।

ब्यान्डका गायक तथा गीतकार दीपेनले सात वर्षअघि मात्र रक्सी छाडेका थिए। त्यतिबेला उनले यो गीत रचेका थिए।  सन् २००० को दशकतिर रक संगीतको जुन वर्चस्व थियो। दीपेनले त्यो घटेको पाए। 

त्यसैले उनी केही नयाँ जमर्को गरिरहेका थिए। शरदसंग सल्लाह गरेपछि यो गीत तयार पारेको उनले बताए।

शरद अहिले ‘श्री ३’ र ‘टम्बलवीड’ ब्यान्डमा व्यस्त छन्। दिपेन भने हङकङमा ‘फंकी मंकी’ बार सन्चालन गर्छन्।

इन्टलेक्चुअल मोरन ब्यान्ड २०१० मा हङकङमा गठन भएको थियो। यो ब्यान्ड गिटारिस्ट शरद र दीपेन मिलेर सुरु गरेका थिए।

यो ब्यान्डले पोली युनिभर्सिटी म्युजिक शोमा नेपाललाई प्रतिनिधित्व गर्दै आफ्नो प्रस्तुति दिएको थियो। यो म्युजिक शो  हङकङको प्रमुख सांगीतिक मञ्चमध्ये एक मानिन्छ।

मोरन ब्यान्डले हङकङको हार्ड रक क्याफे, द वाञ्च जस्ता विभिन्न चर्चित लाइभ म्युजिक बार र अन्डरग्राउन्ड शोहरूमा पनि आफ्नो प्रस्तुति दिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad