कला


‘बाटो : रोड टु डेथ’ अमेजन प्राइम लगायतका प्लेटफर्ममा स्ट्रिमिङ

‘बाटो : रोड टु डेथ’ अमेजन प्राइम लगायतका प्लेटफर्ममा स्ट्रिमिङ

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १५:२७, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रियकरणमा काठमाडौं फिल्म्सले अर्को कदम चालेको छ। आफ्नो चलचित्र ‘बाटो : रोड टु डेथ’ लाई विश्वका प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध गराएको छ।

यो फिल्म ‘अमेजन प्राइम भिडिओ’ सहित ‘ट्युबी,’ र ‘बुक माई शो स्ट्रिम’ मा स्ट्रिमिङ सुरु भएको हो। ‘अमेजन प्राइम भिडिओ’ मा युरोप र अमेरिकाका दर्शकहरूको लागि उपलब्ध छ।

त्यसैगरि, निःशुल्क स्ट्रिमिङ सेवा प्रदान गर्ने ‘ट्युबी’मा पनि युरोप र अमेरिकामा यो चलचित्र स्ट्रिमिङ भइरहेको छ। दक्षिण एसियामा लोकप्रिय प्लेटफर्म ‘बुक माई शो स्ट्रिम’बाट भारतमा नेपाली भाषामा अङ्ग्रेजी सबटाइटल सहित स्ट्रिमिङ भइरहेको छ।

‘फ्युचर टिभी’ लगायतका अन्य ओटिटीहरुमा विश्वव्यापी दर्शकहरूको लागि चाँडै यो प्लेटफर्ममा चलचित्र उपलब्ध हुने निर्माता तथा काठमाडौं फिल्मसमा सञ्चालक चन्दन झाले बताए।

‘हामीले नेपाली चलचित्रलाई विश्वव्यापी बनाउन लामो समयदेखि काम गर्दै आएका छौँ। २ सय भन्दा बढी अन्तर्राष्ट्रिय प्रोजेक्टहरूमा काम गरिसकेपछि नेपाली चलचित्रको गुणस्तर र पहुँच बढाउन केही योगदान गर्नुपर्छ भन्ने महसुस भएपछि ‘बाटो : रोड टु डेथ’ चलचित्र बनाएका थियौँ। विविध कारणले नेपाली बक्स अफिसमा धेरै सफल नभएपनि यो चलचित्रमार्फत अन्तर्राष्ट्रिय बजारका विभिन्न सम्भावनाहरूलाई खोज्ने कार्य गरेका छौँ,’ निर्माता झाले बताए।

यस चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान माउन्टेन रिभर फिल्म्सले प्रतिनिधि भूमिका निभाएको निर्माता झाले बताए । काठमाडौं फिल्म्सले निकट भविष्यमा लगातार नेपाली चलचित्रहरू बनाउने र विश्वव्यापी वितरण योजनाहरूमा काम गरिरहेको उनले बताए ।

यो फिल्म नेपालमा गत जेठ ३२ गते रिलिज भएको थियो। काठमाडौं फिल्मसको ब्यानरमा चन्दन झाले निर्माण गरेको फिल्मका निर्देशक, लेखक तथा सम्पादक मदन थापा हुन् । दक्षिण भारतीय चलचित्र उद्योगको अनुभवलाई लिएर नेपाली चलचित्र बनाएका मदनले यस चलचित्रमा अब्बल काम देखाएका छन्।

यस फिल्ममा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad