चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० नेपाली फिल्मलाई एचडी गुणस्तरमा डिजिटाइज गर्ने भएको छ।
मानवअधिकार फिल्म फेस्टिभल समापन समारोहमा बोल्दै अध्यक्ष दिनेश डीसीले रिलबाट एचडीमा आर्काइभ गर्ने जानकारी दिए।
समारोहमा अध्यक्ष डीसीले लिम्बु संस्कृतिबारेको फिल्मलाई डिजिटल अर्काइभको लागि अनुमति दिन निर्देशक नवीन सुब्बालाई आग्रह गरे। सुब्बाले पनि आग्रहलाई स्विकार गरेर अनुमति दिएका थिए।
कार्यक्रममा अध्यक्ष डीसीले ‘नुमाफुङ’सहितका १० फिल्मलाई एचडीमा रुपान्तरण गरेर डिजिटल अभिलेखको रुपमा राख्ने घोषणा गरे। बोर्डसहित पर्यटन बोर्डको मुख्य हलमा भएको महोत्सवमा यसवर्ष २३ देशका ५३ वटा फिल्म प्रदर्शन गरिएको थियो।
45
Shares

प्रतिक्रिया