निकिता चण्डकको मुख्य भूमिका रहेको लघु चलचित्र ‘निलो आकाश’को को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा पूर्व मिस नेपाल निकितालाई भिन्न चरित्रमा देख्न सकिन्छ।
निकिताको लुकले मधेसकी युवतीको भावनात्मक कथावस्तु झल्काउने सङ्केत गर्छ। फिल्म निलो आकाशले मधेसका युवतीकी कथा र व्यक्तिगत स्वतन्त्रता को अवस्थाको चित्रण गरेको छ। यस पोस्टरमा निकिता चण्डकलाई मधेसको विवाहित युवतिको रूपमा देखाइएको छ।
यो फिल्म निर्मल पौडेलको लेखन तथा निर्देशनमा बनेको हो। यस लघु चलचित्र चाँडै नै फिल्म फेस्टिभलहरू मार्फत् प्रदर्शन गर्ने तयारी रहेको पौडेलले बताए।
गाजलु, रोमियो एन्ड मुना, चौकादाउ लगायत चलचित्रमा सहायक निर्देशकको रूपमा काम गरेका निर्देशक पौडेलको यो तेस्रो सर्ट फिल्म हो।
उनले यसअघि ‘सिपाहीकी स्वास्नी’ र ‘म कमरेड’ सर्ट फिल्म निर्देशन गरेका थिए।
म कमरेडले अमेरिकाको सिकागो, साउथ एसियन फिल्म फेस्टिभल, ढाका इन्टरनेशनल फिल्म फेस्टिभल लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट भई प्रदर्शन भएको थियो। साथै नेपाल सरकार द्वारा आयोजित राष्ट्रिय लघु चलचित्र प्रतियोगिताको उत्कृष्ट तीनमा पर्न सफल भई पुरस्कृत भएको थियो।
निलो आकाश काफिया मिडिया र निर्मल फिल्मस को ब्यानरमा तयार पारिएको हो। यसको प्रोड्युसर मा आस्था शर्मा, निर्मल पौडेल छन् भने को-प्रोड्युसर मा तेजु पाण्डे, गणेश कन्चन भारती रहेका छन्।
यसको छायाङ्कन भारतीय सिनेम्याटोग्राफर दिपांकर सिक्दर ले गरेका हुन्। यस को सम्पादन अनिमेष सापकोटा ले गरेका हुन्, कलर ग्रेडिङ कपिल पराजुली ले गरेका हुन्, साउन्ड डिजाइन डिकेश खड्की शाहीले गरेका हुन् भने यसमा ब्याकग्राउण्ड म्युजिक उज्ज्वल सागरले गरेका छन्।
Shares

प्रतिक्रिया