कला


कस्तो छ वेब सिरिज ‘पाताल लोक २’ को टिजर?

कस्तो छ वेब सिरिज ‘पाताल लोक २’ को टिजर?

नेपालखबर
पुस १९, २०८१ शुक्रबार १७:७, काठमाडौँ

अमेजन प्राइमको वेब सिरिज ‘पाताल लोक २’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजर मुख्य अभिनेता जयदीप अहलावत वरिपरि घुमेको छ।

पाताल लोकमा हातिराम चौधरीको भूमिका अभिनेता जयदीप अहलावतले निभाएका छन्। सिजन २ को टिजरमा उनी किरालाई घृणा गर्ने गाउँका मानिसको कथा सुनाइरहेका छन्।

अविनाश अरुण धावरे द्वारा निर्देशित यस सिरिजलाई अनुष्का शर्मा र कर्णेश शर्माले आफ्नो प्रोडक्सन ब्यानर क्लिन स्लेट फिल्म्जमार्फत निर्माण गरेका हुन्।  

वेब सिरिजकै जयदीपसँगै इश्वक सिंह, अभिशेक बेनर्जी, निहारिका ल्यारा दत्त, स्वस्तिका मुखर्जी लगायतको अभिनय छ। यो सिरिज आउँदो जनवरी १७ मा प्राइम भिडिओमा स्ट्रिमिङ हुनेछ।

‘पाताल लोक २’ को पहिलो पार्ट सन् २०२० मा रिलिज भएको थियो। जुन सिरिजलाई दर्शकहरुले निकै मन पराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad