कला


बलिउड फिल्म ‘हेरा फेरी ३’ मा तब्बुको प्रवेश

बलिउड फिल्म ‘हेरा फेरी ३’ मा तब्बुको प्रवेश

नेपालखबर
माघ २२, २०८१ मंगलबार १६:४०, काठमाडौँ

हालै निर्देशक प्रियदर्शनले आफ्नो जन्मदिनमा फिल्म ‘हेरा फेरी ३’ बनाउने घोषणा गरेका थिए। जसमा परेश रावल, अक्षय कुमार र सुनील शेट्टीको अभिनय हुने बताइएको थियो।

यसैबीच, अभिनेत्री तब्बुलाई यस फिल्ममा देख्न पाइनेछ। तब्बुले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी पोस्ट गरेकी छिन्, जसमा अक्षय कुमार र निर्देशक प्रियदर्शन देखिएका छन्। र, क्याप्सनमा लेखिएको छ, ‘म बिना कलाकारहरू पूरा हुने सम्भावना छैन।’ 

साथै उनले निर्देशक प्रियदर्शनलाई पनि ट्याग गरेकी छन्। तब्बुको यो पोस्ट देखेर फ्यानहरूले उनी पनि फिल्मको हिस्सा हुने अनुमान लगाइरहेका छन्।

तब्बु यसअघि ‘हेरा फेरी’ को पहिलो भागमा देखिएकी थिइन्। जसमा सुनील शेट्टीकी प्रेमिकाको भूमिका निर्वाह गरेकी थिइन्। प्रियदर्शनले निर्देशित यो फिल्म सन् २००० मा रिलिज भएको थियो।

त्यसपछि सन् २००६ फिल्मको दोस्रो भागरिलिज भएको थियो, जसलाई नीरज वोराले निर्देशन गरेका थिए। तर, यस फिल्ममा तब्बु देखिएकी थिइनन्।

सन् २०२५ फिल्मको छायांकन पूरा गरिने फिल्मको २०२६ मा रिलिज हुने तालिका छ। यद्यपि, यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad