नेपाल, जापानसहित प्रदर्शन भइरहेको फिल्म ‘एक्टर : टेक वन’ अब अस्ट्रेलियामा रिलिज हुने भएको छ।
फेब्रुअरी २१ मा पहिलो प्रदर्शन सिड्नीमा हुनेछ। त्यसैगरि, क्यानवेरा लगायतका अन्य सहरहरूमा प्रदर्शन सुरु हुने अस्ट्रेलियामा वितरण गर्ने कम्पनी इस्सा भाइब इभेन्टका राजजङ्ग क्षेत्रीले जानकारी दिए।
अस्ट्रेलिया रिलिजको लागि इस्सा भाइबले पार्टी टाइम नेपाल, सूरज बिष्ट र अजय राजवंशीसँग साथ सहकार्य गरेका छन्। केही सहरमा रिलिजको सबै तयारी गरिसकेको र केहीको लागि भने बुकिङ ओपन गरेको वितरक क्षेत्रीले बताए। जसको लागि इस्सा भाइब इभेन्टको फेसबुक पेजमा सम्पर्क गर्न सकिनेछ।
यस फिल्ममा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतको अभिनय छ। राजन भुसाल निर्देशित फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्।
Shares

प्रतिक्रिया