कला


‘परालको आगो’मा जोडिए जितु नेपाल

‘परालको आगो’मा जोडिए जितु नेपाल

नेपालखबर
माघ ३०, २०८१ बुधबार ११:५२, काठमाडौँ

फिल्म ‘परालको आगो’ मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन्। 

फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले जितुलाई फिल्ममा अनुबन्ध गरेका हुन्। 

यो फिल्म कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुन लागेको हो। 

मैनाली कथा पुरस्कार ट्रस्टले केही महिनाअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिइसकेको छ। ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ।

निर्माता पोखरेलका अनुसार जितु फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन्। ‘अर्को प्रमुख पात्र पनि चाँडै फाइनल हुनेछ। यसबाहेक सेकेण्ड लिडका लागि अर्की एक महिला पनि फाइनल हुँदैछिन्’, निर्माता पोखरेलले भने, ‘चामे,गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितुको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ अहिले सस्पेन्समा नै राखेका छौँ।’

फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ। फिल्मका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन्।

फिल्ममा यसअघि नै अभिनेत्री सुहाना थापा फाइनल भइसकेकी छन्। लक्ष्मण सुनारको निर्देशन रहेको यो फिल्म प्र२०८२ मा हुनेछ। 

यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए। निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए। 

कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ।

निर्माता पोखरेलले यसअघि फिल्महरु ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad