दीवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’को ट्रेलरलाई युट्युबमा रूचाइएको छ। ३ दिनअगाडि सार्वजनिक फिल्मको ट्रेलरले ११ लाख ४६ हजारभन्दा बढी भ्यूज पाइसकेको छ। साथै, अहिले यो युट्युबको मुभिज सेक्सनअन्तर्गतको ट्रेन्डिङ नम्बर २ मा छ।
दर्शकको उत्कृष्ट प्रतिक्रियासँगै ट्रेलरमा समावेश संवादहरुमा थुप्रै टिकटक बनेका छन्। दर्शकले फिल्मको संवाद र यसको कथावस्तु लोभलाग्दो रहेको भन्दै फिल्मको प्रतिक्षा गरिरहेको उल्लेख गरेका छन्।
पल शाह र दीपिका पसाईंको मुख्य भूमिका रहेको यो फिल्म फागुनको १४ गतेबाट रिलिजमा हुँदैछ। फिल्ममा निर्देशक दीवाकरकै लेखन रहेको छ।
यस फिल्ममा पल र दीपिकासहित प्रशान्त ताम्राकार, सुशील सिटौला, करिष्मा श्रेष्ठको साथमा नव-नायक समिम खानको मुख्य भूमिका छ। अधिकांश दर्शकले यस्तो लभ स्टोरी कथा यस अगाडि नहेरेको भन्दै प्रतिक्षा गरिरहेको प्रतिक्रिया दिएका छन्।
फिल्म ‘मायावी’का संवादहरुमा अहिले थुप्रै टिकटक बनेका छन्। दर्शकहरुले फिल्मको ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया दिएको भन्दै निर्देशक भट्टराईले खुशी व्यक्त गरे। यो फिल्मलाई राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्तले मिलेर बनाएका हुन्।
Shares

प्रतिक्रिया