कला


‘जनै हराएको बाहुन’ मा जोडिइन् केकी अधिकारी

‘जनै हराएको बाहुन’ मा जोडिइन् केकी अधिकारी

नेपालखबर
फागुन २१, २०८१ बुधबार १६:२३, काठमाडौँ

फिल्म ‘जनै हराएको बाहुन’को लाइनअप बलियो हुँदै गएको छ। निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा मिरुनासहित केकी अधिकारीलाई अनुबन्ध गराएको छ

‘जनै हराएको बाहुन’मा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन्। विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन्।

चलचित्रको केही समय अघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ। ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो।

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन्। उनको यो डेव्यु निर्देशन छन्। यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ।

आदित्य फिल्मस् निर्माता रहेको चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन्।

यो वर्षको अन्त्यसम्ममा चलचित्र छायांकनमा जानेछ। यो चलचित्र आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुँदैछ। निर्माणपक्षका अनुसार यो सिनेमा नेपाल र ओभरसिज मार्केटमा एकै दिन रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad