बलिउड अभिनेता सलमान खान यतिबेला आफ्नो आगामी फिल्म 'सिकंदर'का कारण चर्चामा छन्। साजिद नाडियाडवालाले निर्देशन गरेको यस फिल्ममा सलमान खानसँगै रश्मिका मन्डना मुख्य भूमिकामा छिन्।
सलमानले हालै 'सिकंदर'को छायांकन पूरा गरेका छन्। यस फिल्मको अन्तिम दृश्य मुम्बईमा छायांकन गरिएको थियो।
सुटिङपछि सलमानका केही तस्बिर इन्टरनेटमा भाइरल भइरहेका छन्। जसमा उनको नयाँ लुकको धेरै चर्चा भइरहेको छ। उनको नयाँ लुक देखेर फ्यानहरू छक्क परेका छन्।
भाइरल तस्बिरमा सलमानले सेतो र नीलो टिसर्टसँग कालो छालाको ज्याकेट र मिल्दो टोपी लगाएका छन्। उनका यो तस्बिर सिकन्दरको अन्तिम दृश्यको छायांकनपछिको हो।
सलमानका यी तस्बिर हेरेपछि सामाजिक सञ्जालमा कसैले उनी धेरै थाकेको देखिएको टिप्पणी गरेका छन् कतिपयले उनलाई बूढो पनि भनेका छन्।
एकजनाले लेखेका छन्, 'हाम्रो बाघ बूढो हुँदै छ...।'
अर्काले लेखेका छन्, 'अचानक यति ओल्ड लुक्स कसरी!'
अर्को जनाले टिप्पणी गरेका छन्, 'सलमान खान हजुरबुबा बनेका छन्।'
त्यसो त उनको समर्थन गर्ने पनि धेरै छन्। उनीहरूले भनेका छन्- ६० वर्षको उमेरमा उनी ४० वर्षका देखिन सक्दैनन्।
Shares

प्रतिक्रिया