आगामी शुक्रबारदेखि फिल्म ‘नरसिंहाः अवतार’ रिलिज हुँदैछ। रिलिजको मिति नजिकिदै गर्दा फिल्मको निर्माणपक्षले नयाँ गीत सार्वजनिक गरेको छ।
सार्वजनिक तिम्रो मात्र हुने मन छ’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सैराज खाती र मनिषा सुनवारको स्वर सुन्न सकिन्छ।
गीतको भिडिओमा फिल्मका कलाकार राज कटुवाल र सनिषा भट्टराइलाई रोमान्टिक अवतारमा देखाइएको छ। माइकल चन्दको कोरियोग्राफी रहेको यो गीतमा राजु थापाको डीओपी छ।
यस फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, टार्जन लगायतका कलाकारहरुको अभिनय छ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा प्रेम, विछोड, सस्पेन्स र बदलाको कथा छ। फिल्ममा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपानेको लगानी छ।
फिल्ममा चन्द्र पन्तको कथा छ।
Shares

प्रतिक्रिया