कला


‘अभिमन्यु: च्याप्टर-१’को पोस्टर सार्वजनिक, भदौ २७ गतेबाट रिलिज हुने

‘अभिमन्यु: च्याप्टर-१’को पोस्टर सार्वजनिक, भदौ २७ गतेबाट रिलिज हुने

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १२:३१, काठमाडौँ

फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ ले पोस्टर सार्वजनिक गर्दै काउन्ट-डाउन सुरु गरेको छ। सयदिने काउन्ट-डाउन सुरु गर्दै निर्माण टिमले आज पोस्टर पनि सार्वजनिक गरेको छ।

पोस्टरमा उल्लेख भएअनुसार अब यो सिनेमा रिलिज हुन ९९ दिन बाँकी छ। यो फिल्म आगामी भदौ २७ गतेबाट रिलिज हुँदैछ।

सार्वजनिक पोस्टरमा तराईको सेटअपमा तयार पारिएको छ। धानबारीको फाँट र छेउमा केराको बगान पोस्टरमा देख्न सकिन्छ। धानबारी हुँदै एक युवकले सानी नानीलाई सरकारी स्कुलको पोसाकमा आफ्नो हातमा किताब र कपी च्यापेर बोकेर लैजाँदै गरेको देखिन्छ। उनीहरू दुवै मधेसी समुदायका छन्। यद्धपी, निर्माणटिमले फिल्मको कथाबारे खुलाएको छ। 

यस फिल्मको अहिले पोस्टप्रोडक्सनको काम चलिरहेको छ। फिल्मको मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन्।

फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको सिनेमाको मुख्य कथा भएको बताइएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि चलचित्र ‘बाटोस् रोड टु डेथ’ निर्देशन गरेका थिए। यस फिल्मको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। यो फिल्म नेपालीसहित हिन्दी भाषामा रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad