फिल्म ‘जहाजैमा’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। सौगातसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो।
यो फिल्ममा सौगातको भूमिका कस्तो रहने हो भन्ने खुलेको छैन। तर, सौगातले भूमिका निकै नै मन पराएपछि काम गर्न राजी भएको बुझिएको छ।
कृषा चौलागाइको निर्देशनमा बन्ने फिल्ममा यसअघि कलाकार केदार घिमिरे पनि फाइनल भइसकेका छन्। फिल्ममा अन्य केही स्टार कलाकारहरुको अभिनय रहने बताइएको छ। फिल्ममा जापानीज अभिनेत्री रुजेल इचिमियाले पनि काम गर्ने पक्का भइसकेको छ। यस फिल्मको छायांकन भदौबाट जापानमा सुरू हुनेछ।
फिल्म ‘पिताम्बर’पछि कृषा र सौगातले दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी रहनेछ। यतिखेर फिल्मको प्रि–प्रोडक्सनको काम चलिरहेको छ।
यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्ने यो फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिँचिनेछ।
Shares

प्रतिक्रिया