कला


खुल्यो भदौ ६ गतेबाट रिलिज हुने फिल्म ‘ताराहरू’ को बुकिङ

खुल्यो भदौ ६ गतेबाट रिलिज हुने फिल्म ‘ताराहरू’ को बुकिङ

नेपालखबर
भदौ ४, २०८२ बुधबार १५:२९, काठमाडौँ

आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’को अग्रिम बुकिङ टिकट खुलेको छ। देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमालगायतले फिल्मलाई सो दिएको छ।

क्युएफएक्स सिनेमाजले उपत्यकामा ३ र उपत्यकाबाहिर ४ गरी जम्मा ७ सो दिएको छ। त्यस्तै आइएनआइ सिनेमाज, वान सिनेमाजमा पनि टिकट खुलाइएको छ। बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज, सिके सिनेमाजलगायत हलले टिकट खुलाउन बाँकी छ।

फिल्म ‘ताराहरू’ मध्यम वर्गीय परिवारको संघर्षको कथामा बनेको छ। फिल्मका निर्देशक आशान्त मुख्य भूमिका रहेको फिल्ममा मेनुका प्रधान, कुन्दुन शाक्य, आभास अधिकारी, मिरा खड्का, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्मको ‘ऐया नि हो’, ‘जाम त भने कुन बाटो जाम त’ बोलको गीत र टिजर र ट्रेलरलाई दर्शकले रुचाएका छन्। वेज प्रालिको प्रस्तुतिमा बनेको यस फिल्ममा निर्देशक शर्माकै कथा रहेको  छ।

फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्। सह–निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्। शरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्समा बनेको छ।

शुक्रबार अर्थात् भदौ ६ देखि यो फिल्म सिनेमाहलमा लाग्दैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad