कला


सलमानको फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत अनुपविक्रमले गरे बलिउड डेब्यु

सलमानको फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत अनुपविक्रमले गरे बलिउड डेब्यु

नेपालखबर
असोज ५, २०८२ आइतबार १५:९, काठमाडौँ

नेपाली अभिनेता अनुपविक्रम शाहीले बलिउड फिल्ममा डेब्यू गरेका छन्। उनले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत बलिउड उद्योगमा प्रवेश गरेका हुन्।

अनुप स्वयमले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। जुन फिल्मको पहिलो चरणको छायांकन भारतको लद्दाखमा हालसालै सकिएको छ।

‘सलमान खान सरसँग एसकेएफ फिल्म्सद्वारा निर्मित र अपूर्व लाखिया सरद्वारा निर्देशित, लद्दाखमा मेरो डेब्यू बलिउड फिल्मको पहिलो तालिका पूरा गर्न पाउँदा साँच्चै सम्मानित र कृतज्ञ महसुस गर्दैछु। अगाडिको यात्राको लागि उत्साहित छु,’उनले फेसबुकमा लेखेका छन्।

सलमान खान फिल्मस्को ब्यानर रहेको फिल्ममा अपूर्व लाखियाको निर्देशन छ। यस फिल्मलाई सन् २०२६ कै बहुप्रतीक्षित फिल्मको रूपमा हेरिएको छ।

भारतीय सञ्चारमाध्यमअनुसार जुन १५, २०२० मा गलवान घाँटीमा भएको भारतीय र चिनियाँ सेनाबीच भएको झडपको कथावस्तुमा यो फिल्म आधारित छ। जसमा सलमानले सैनिक अफिसरको भूमिकामा देखिनेछन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad