कला


क्रिसमसको दिन पारेर तीन विदेशीसहित नेपाली फिल्म ‘मुगलान’ प्रदर्शनमा

क्रिसमसको दिन पारेर तीन विदेशीसहित नेपाली फिल्म ‘मुगलान’ प्रदर्शनमा

नेपालखबर
पुस १०, २०८२ बिहिबार १३:२८, काठमाडौँ

क्रिसमसको अवसरमा बिहिबारदेखि एक नेपालीसहित तीन विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘मुगलान’ सहित बलिउड फिल्म ‘तू मेरी मैं तेरा मैं तेरा तू मेरी’, हलिउड फिल्म ‘एनाकोन्डा’ र ‘द स्पन्जबब मूभी’ हलमा लागेका हुन्।

आशिष ढकाल निर्देशित फिल्म ‘मुगलान’ मा प्रभात पाल र स्मारिका ढकालको मुख्य भूमिका छ। यस फिल्मले घरको ऋणले थिचिएर भारत छिरेका एक नेपाली युवाको संघर्षको कथावस्तुलाई समेटेको छ।

यस फिल्ममा प्रभात र स्मारिकासहित श्रीशिवांशी, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बाँस्तोला लगायतको अभिनय छ।

बलिउड फिल्म ‘तू मेरी मैं तेरा मैं तेरा तू मेरी’ कार्तिक आर्यन र अनन्या पाण्डेको मुख्य भूमिका छ। शमीर विद्वान्स निर्देशित यो फिल्म एड्भेन्चर, कमेडी र रोमान्स जनरामा बनेको हो।

हलिउडको फिल्म ‘एनाकोन्डा’ एक्सन, कमेडी र हरर जनरामा बनेको हो। यस फिल्ममा टम गोर्मिकन, पल रुड, ज्याक ब्ल्याक, स्टिभ जाह्न, थान्डीवे न्यूटनको मुख्य भूमिका छ।

अर्को हलिउड फिल्म ‘द स्पन्जबब मूभी’ पनि रिलिज भएको छ। एनिमेटेड, एड्भेन्चर र कमेडी जनराको यो फिल्म ‘स्पन्जबब स्क्वायरप्यान्ट्स’ नामक टिभी श्रृंखलामा आधारित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad