कला


अछाम- २ बाट चुनाव लड्दै पूर्व ‘मिस्टर नेपाल’ डा. उपाध्याय

अछाम- २ बाट चुनाव लड्दै पूर्व ‘मिस्टर नेपाल’ डा. उपाध्याय

नेपालखबर
पुस १६, २०८२ बुधबार १८:५३, काठमाडौँ

पूर्व ‘मिस्टर नेपाल’ नेपाल डा. सन्तोष उपाध्याय आगामी चुनावमा उठ्ने भएका छन्। फागुन २१ गते हुने प्रतिनिधी सभा चुनावमा उनी प्रत्यक्ष उम्मेदवारको रुपमा चुनाव लड्नेछन्। 

उपाध्यायले आफू गृहजिल्ला अछाम २ बाट प्रतिनिधी चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिन लागेको घोषणा गरे। चुनावमा होमिने पक्का भए पनि कुन पार्टीबाट उठ्ने भन्ने कुरा उनले खुलाउन चाहेनन्।  

अछाम जिल्ला घर भएका सन्तोष चिकित्सक हुन्। अछाम जिल्लाबाट अध्ययन गर्दै महाराजगञ्ज त्रिबी शिक्षण अस्पतामा छात्रवृतिमा नाम निकालेका सन्तोषले पढाइसँगै करारको २ वर्ष अछामको कमलबजार प्राथमिक स्वास्थ्यकेन्द्रमा सेवा दिएका थिए। 

सन्तोष हावर्डबाट ‘लिडरसिफ इन मेडिसिन’ विषयमा स्नातकोत्तर गरेर नेपाल फर्किएका हुन्। उनी सन् २०१९ का मिस्टर नेपालका विजेता समेत हुन्।

जसले सन् २०२१ मा पोल्याण्डमा भएको मिस्टर सुपरनेशनल प्रतियोगितामा तेस्रो रनर अप बन्न सफल भएका थिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सौन्दर्य प्रतियोगितामा सबैभन्दा उच्च स्थान हासिल हो। 

उनले कान्तिपुर टिभीमा गुड मर्निङ नेपालका टिभी होस्टको रुपमा समेत काम गरिसकेका छन्। 

चिकित्सकिय सेवाबाहेक उनले अछामका १० वटा विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोग गरेका छन् भने उनले स्वास्थ्य शिविरहरु पनि सञ्चालन गरेका छन्। 

उनले अछाम जिल्ला अस्पताललाई फोटोथेरापी मेसिन दिएका थिए।

उनी भदौ २३ को जेनजी आन्दोलनसम्म नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ)को प्रवक्ता  थिए।

तर, भदौ २३ को जनेजी आन्दोलनमा गोली चलेपछि उनले नेविसंघबाट राजीनामा दिएका थिए। 

नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि समेत रहेका उनलाई कांगेसले अछाम-२ बाट सिफारिस गरेको छ। उनीसहित त्यो क्षेत्रबाट १८ जना सिफारिस भएका छन्।


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad