बलात्कारको आरोप लागेपछि कलाकार सागर लम्साल (बले)लाई फिल्म ‘पाँच पाण्डेव’बाट निष्कासित गरिएको छ।
फिल्म निर्माण कम्पनी कालीरानी फिल्मस प्रालिका प्रस्तुतकर्ता नविन श्रेष्ठले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी लम्साललाई ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको जनाएका छन्।
‘हाम्रो चलचित्र पाँच पाण्डवको एक चरित्रमा समेत आवद्ध भएकोमा जघन्य अपराधमा स्वयं पीडित युवतीले नै आरोप लगाइसकेपछि फिल्म निर्माण ब्यानर कालीरानी फिल्मसले आपतकालीन बैठक बसेर आरोपित सागर लम्साललाई नैतिकताका आधारमा फिल्मबाट निष्कासन गरेको निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
फिल्ममा लम्सालको ९० प्रतिशत दृश्य खिचिसकिएको भए पनि अब फिल्ममा नराख्ने जनाइएको छ। यस घटनालाई लिएर फिल्म ‘पाँच पाण्डव’ परिवार दुःखी बनेको विज्ञप्तिमा उल्लेख छ। यससँगै घटनाको सत्यतथ्य जाँचबुझका लागि माग गरेको छ।
अमेरिकामा रहेकी एक युवतीले लम्साललाई बलात्कारको आरोप लगाएकी छन्। सामाजिक सञ्जालमार्फत उनले यसबारे खुलाएकी हुन्।

Shares

प्रतिक्रिया