बलिराम चौहानको निर्देशनमा निर्माण हुने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ रिहान गिरी अनुबन्धित भएका छन्। निर्माण टिमले गिरीलाई मुख्य भूमिकाका लागि अनुबन्धित गरेको हो।
‘रियानलाई हामीले हाम्रो सिनेमामा अनुबन्ध गरेका छौँ। हाम्रो कथामा हुने फिट हुने देखेरै हामीले अनुबन्ध गराएका हौँ,’ निर्देशक चौहानले भने।
गायक समेत रहेका रियान फिल्म ‘होस्टेल-३’ बाट नेपाली सिनेमा उद्योगमा प्रवेश गरेका कलाकार हुन्।
निर्देशक चौहानले गतवर्ष प्रदर्शन भएको ‘द ब्ल्यू लाइट’ बाट निर्देशनमा डेब्यु गरेका थिए। जुन फिल्मले राम्रो समीक्षा पाएको थियो। तर निर्वाचनको माहोलका कारण रिलिजको तेस्रो दिनमै निर्माण टिमले हलबाट निकालेको थियो।
निर्देशक चौहानले केही समय अगाडि थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका थिए। अब उनी कास्टिङमा जुटेका छन्।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को स्लोगन ‘हरेक युवाको कथा’ छ। यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ।
‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो। यसको अर्थ ‘किचकिच’ अथवा एउटै कुरामा पटकपटक कर गर्ने वा दोहोर्याएर दिने तनाव हो।
‘ल्याङ्ग ल्याङ्ग’को कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन्।
Shares

प्रतिक्रिया