‘भटभटे माइला’ उपनामबाट चर्चित कमेडियन बेगम नेपाली फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ मा अनुबन्धित भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा मुख्य भूमिकामा देखिनेछन्।
निर्माता सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका चर्चित र लोकप्रिय कलाकारहरूको सशक्त उपस्थिति रहनेछ। चलचित्रका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायांकनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्।
यसअघि नै फिल्ममा चर्चित गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, कलाकार समिया कार्की तथा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।
पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने लक्ष्य लिएको निर्देशक अमरदीप सापकोटाले बताएका छन्।
9
Shares

प्रतिक्रिया