एउटा न एउटा खराब बानी सबैमा हुन्छ। तर, हामी जब आफ्नै सुपरस्टारक कुनै नराम्रो बानी सुन्छौँ तब हामीलाई त्यसमा बढी चासो हुन्छ।
त्यही चासोकी पात्रमध्येकी एक हुन्, बलिउड अभिनेत्री दीपिका पादुकोन। उनको एउटा खराब बानी बाहिर आएको छ। जुन सुनेर तपाईंलाई अचम्म लाग्न सक्छ।
उनको होटलको बाथरुमबाट सेम्पुकाे बोतल चोर्ने बानी छ। यो कुरा उनकी मिल्ने साथी स्नेहा रामचन्दरले सार्वजनिक गरेकी हुन्।
तीन दशकदेखि स्नेहाको साथी रहेकी उनले भनेकी छन्, ‘के तपाईं एउटा यस्तो साथीलाई चिन्नुहुन्छ जो जतिबेला घुम्न जान्छिन् र तपाईंका लागि हाेटलबाट सेम्पुकाे बोतल चोर्छिन्। मलाई थाहा छ, मेरो प्यारी साथी दीपिका पादुकोण।’

प्रतिक्रिया