ad ad

रोचक


क्यानडामा अत्यधिक गर्मीका कारण पाक्न थाले समुद्री जीव !

क्यानडामा अत्यधिक गर्मीका कारण पाक्न थाले समुद्री जीव !

अत्यधिक गर्मीका कारण पाक्न थाले समुद्री जीव


नेपालखबर
असार २७, २०७८ आइतबार १६:४,

क्यानडामा अत्यधिक गर्मीका कारण समुद्री जीवहरु पाक्न थालेका छन्। 

वैज्ञानिकहरुले क्यानडाको गर्मीलाई विनाशकारी भनेका छन् जसका कारण समुद्री जीव मसेल्स, क्लाम्स र अन्य सेलफिसहरु पाकेको सीएनएनले उल्लेख गरेको छ।

विशेषगरी समुद्रको किनारमा बस्ने जीवहरु गर्मीले पाकेर मरेका हुन्। पश्चिमी क्यानडामा गत जुन २६ देखि २८ सम्म अत्यधिक तापक्रम मापन गरिएको थियो।

त्यहाँ जुन २६ मा ९८.६ डिग्री सेल्सियस, २७ तारिखमा ९९.५ र २८ तारिखमा १०१.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।

More than a billion seashore animals may have cooked to death in B.C. heat  wave, says UBC researcher | CBC News

यही गर्मीका कारण हजारौं जीवहरु मरेको बताइएको छ। युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियास्थित प्राणीविज्ञान विभागका प्राध्यापक क्रिस्टोफार हार्लीका अनुसार उनले अनगिन्ती कुहिएका जीवहरु कितसालानो किनारमा भेटेका थिए।

जलवायु परिवर्तनका कारण वैश्विक तापक्रम यसरी नै बढिरहे यस्ता घटना वर्षैपिच्छे दोहोरिने र मानव अस्तित्व नै संकटमा पर्ने वैज्ञानिहरुको चेतावनी छ।

क्यानडामा अत्यधिक गर्मीका कारण सयौं मानिसले ज्यान गएको समाचारहरु नै आएका थिए। विश्वभरका देशले जलवायू परिवर्तनलाई रोक्ने प्रयास थाल्नुपर्ने विज्ञहरुको सुझाव छ। सीएनएन

Up to a billion seashore creatures were cooked to death during B.C. heat  wave, researcher says - BC | Globalnews.ca

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .