ad ad

रोचक


जसले बिहे गर्नासाथ कुकुरसँग चुम्बन गर्दै तस्बिर खिचाइन्!

जसले बिहे गर्नासाथ कुकुरसँग चुम्बन गर्दै तस्बिर खिचाइन्!

नेपालखबर
कात्तिक २०, २०७८ शनिबार २०:३१, काठमाडौँ

अमेरिकामा बिहेका दिन एक युवतीले आफ्ना बेहुलासँग होइन, कुकुरसँग तस्बिर खिचेर सार्वजनिक गरेपछि उनी चर्चामा आएकी छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाना किम नामकी युवतीले आफ्ना प्रेमीसँग विवाह गरेका दिन सर्वप्रथम कुकुरसँग बिहे गरेजस्तोगरी तस्बिर खिचाएकी हुन्।

किमले हालै आफ्ना प्रेमी जेरार्ड ब्रिकम्यानसँग ओरेगनस्थित क्याम्प कोल्टनस्थित जंगलमा बिहे गरेकी हुन्।

यस क्रममा उनले आफ्ना नवविवाहित श्रीमानसँग पहिले आफ्नो अति प्यारो गुम्बो नामको कुकुरसँग तस्बिर खिच्ने प्रस्ताव राखिन् र जेरार्डले पनि त्यसलाई सहजै स्वीकार गरे।

त्यसपछि चम्किलो सेतो गाउनमा सजिएकी किमले कुकुरसँग तस्बिर खिचेर सार्वजनिक गरेकी हुन्। 

सार्वजनिक तस्बिरमा किम हातमा फूल लिएर कुकुरसँग बसेकी छन्। 

अर्काे तस्बिरमा उनले त्यो कुकुरसँग चुम्बनसमेत गरेकी छन् (हेर्नुहोस् सुरुको तस्बिर)।

तस्बिर सेयर गर्दै उनले लेखेकी छन्,  ‘मेरो विशेष केटासँग एक क्षण।’

किम र जेरार्डबीच याेलगायत घरमा रहेका अन्य २ कुकुरकै कारण सन् २०१४ मा भेट भएको थियो। त्यसैबेला उनीहरूले ती कुकुरलाई आफ्नो बिहेमा सहभागी गराउने वाचा गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .