ad ad

रोचक


१२ वर्षअघि २५ रुपैयाँको बदाम उधारो खाएका थिए, अहिले अमेरिकाबाट आएर तिरिदिए २५ हजार!

१२ वर्षअघि २५ रुपैयाँको बदाम उधारो खाएका थिए, अहिले अमेरिकाबाट आएर तिरिदिए २५ हजार!

बदाम बिक्रेता सत्तैया (रातो घेरामा) र उनको परिवारलाई १२ वर्षपछि उधारो रकम तिर्दै दाजुबहिनी।


नेपालखबर
पुस २१, २०७८ बुधबार १३:४३, काठमाडौँ

२०१० को एक दिन नेमानी प्रणव र उनकी बहिनी सुचिता आफ्ना बुबाका साथ आन्ध्र प्रदेशको यू कोथापल्ली बिचमा घुम्न गएका थिए। 

जहाँ उनीहरुले सत्तैया नामका बदाम बिक्रेतासँग बदाम किने तर उनीहरुले पैसा लैजान भुलेकाले दिन पाएनन्। 

सत्तैयाले पनि लिने पैसा नभएपछि त्यति जोड गरेनन्। सित्तैमा बदाम दिए। तर मोहनले भने चाँडै उनलाई पैसा तिर्ने आश्वासन दिएका थिए। तर लामो समय तिर्न पाएनन्। 

अमेरिकामै बस्ने गरेका उनी केही दिनपछि उतै फर्किए। 

उक्त घटनाको ११ वर्षपछि उनी पुनः नेमानी आफ्नी बहिनीका साथ भारत आए। उनले उक्त उधारो बदाम भुल्न सकेका थिएनन्। त्यसको पैसा तिर्न उत्सुक भए। 

तर सत्तैयालाई कसरी भेट्ने? फसाद भयो। उनले काकीनाडा सहरका सांसद चन्द्रशेखर रेड्डीको मद्दत मागे। त्यसपछि सत्तैया पत्ता लगाउन चन्द्रशेखरले फेसबुकमा पोस्ट गरे। त्यसपछि उनको गाउँ नगुलापल्लीका केही मानिसले चन्द्रशेखरका पीएलाई भेटेर उनको मृत्यु भइसकेको जानकारी दिए। 

सत्तैयाको मृत्यु भए पनि यी दाजुबहिनीले उनको परिवारलाई भेटे र २५ हजार रुपैयाँ दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .