ad ad

रोचक


जो विमानको पांग्रमै लुकेर दक्षिण अफ्रिकाबाट पुगे नेदरल्याण्ड्स

जो विमानको पांग्रमै लुकेर दक्षिण अफ्रिकाबाट पुगे नेदरल्याण्ड्स

नेपालखबर
माघ १०, २०७८ सोमबार १२:४६, काठमाडौँ

एक व्यक्ति दक्षिण अफ्रिकाको जोहान्सवर्गदेखि विमानको पांग्रा भएको भागमा लुकेर नेदरल्याण्ड्स पुगेका छन्।

नेदरल्याण्डसको प्रहरीले दिएको जानकारीअनुसार आमटर्डमस्थित स्किफुल एयरपोर्टमा उनलाई जीवितै फेला पारिएको हो। उनी कार्गो विमानको पांग्रा भएको भागमा लुकेर नेदरल्याण्ड्स पुगेका हुन्।

उक्त विमान केन्याको नाइरोबीमा एकपटक रोकिएर नेदरल्याण्ड्स पुगेको हो। यस्तोमा उनी केन्याको नाइरोबीबाट विमानको पांग्रामा लुकेर आएका हुन् वा जोहान्सवर्गदेखि नै आएका हुन् भन्नेचाहिँ खुलेको छैन।

निकै उचाइमा तीव्र वेगले उड्ने भएकाले विमानको बाहिरी भागमा बस्ने मानिस अत्यधिक चिसो र अक्सिजनको अभावको कारण बाँच्ने सम्भावना निकै कम हुन्छ। 

प्रहरीका अनुसार ती पुरुष कुन देशका नागरिक हुन् भन्ने अझै पनि खुल्न सकेको छैन।

प्रहरीका अनुसार ती व्यक्ति पांग्रामा लुकिरहेको अवस्थामा फेला परेको र अहिले उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

बीबीसीका अनुसार ती व्यक्ति अहिले सामान्य कुराको उत्तर दिन सक्ने अवस्थामा छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .