ad ad

रोचक


आफ्नो नभएको थाहा पाएपछि चिनियाँले छाडिदिए पाँच वर्षे ‘छोरो’

आफ्नो नभएको थाहा पाएपछि चिनियाँले छाडिदिए पाँच वर्षे ‘छोरो’

नेपालखबर
असार २८, २०७९ मंगलबार १३:३२, काठमाडौँ

चीनमा एक चिनियाँले आफ्नो पाँच वर्षे छोरालाई वद्यालयमा नै छाडिदिएका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार आफ्नो छोरा होइन भन्ने थाहा पाएपछि ती व्यक्तिले छोरालाई विद्यालयमा नै छाडिदिएका हुन्।

छद्मनाम ‘सिआओ रुई’ गरेका ती बालकलाई गत साता उनका बाबुले विद्यालयमा छाडेका थिए। तर, कक्षा सकिएपछि पनि उनी लिन भने आएनन्। 

बच्चालाई लिन कोही पनि नआएपछि विद्यालयले अभिभावक र आफन्तलाई फोन गरेको थियो तर कोही पनि उनलाई लिन आएनन्। समाचारमा उल्लेख गरिएअनुसार सिआओ रुई गत अप्रिलमा विद्यालयमा भर्ना भएका थिए।

त्यसयता उनलाई बाबुले नै विद्यालय ल्याउने र लैजाने गर्थे। तर, डीएनए परीक्षणमा सिआओ आफ्नो बच्चा नभएको थाहा पाएपछि बाबुले विद्यालयमा लगेर उनलाई छाडिदिएका हुन्। 

विद्यालयका कर्मचारीले सिआओलाई उसकै घरमा लैजाँदा घर खाली गरेर उनका बाबु हिँडेका थिए। बाबुको पहिचान भने गोप्य राखिएको छ।

अहिलेसम्म बालककी आमा कहाँ छिन् भन्ने खुल्न सकेको छैन।

चिनियाँ नियमअनुसार यसरी बेवारिसे छाडेर हिँडेपछि आफ्नै छोरा नभएकाले बाबुलाई मुद्दा नलागे पनि आमालाई भने मुद्दा लाग्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .