जापानभित्रै छोटो दुरीमा उडान भरेको एउटा विमानले आकाशमा १६ घण्टा बिताउनुपरेको छ।
एयरपोर्ट कर्फ्यु सुरु हुने समयभन्दा १० मिनेट ढिला निर्धारित विमानस्थलमा पुगेपछि सो विमान आकासमा १४ घण्टा फन्को मारेर फेरि जहाँबाट उडेको हो, त्यहीँ अवतरण गर्न आइपुगेको थियो।
जापान एयरलाइन्सको उडान जेएल ३३१ टोकियोबाट फुकुओकाका लागि उडेको थियो। विमानको एउटा स्विचमा समस्या देखिएपछि सो उडान ९० मिनेटले ढिला हुन पुगेको थियो।
फुकुओका विमानस्थलले सो विमानलाई अवतरण अनुमति दिएन। किनभने १० मिनेटअघि नै रातिको १० बजेबाट एयरपोर्ट कर्फ्यु सुरु भइसकेको थियो।
त्यसकारण विमानले अवतरण अनुमति पाउने विमानस्थल खोज्नुपर्ने भयो। फुकुओकानजिकै रहेको किताक्युसु सहरको विमानस्थलमा विमानले अवतरणको प्रयास गर्यो।
तर, विमानका ३३५ यात्रुलाई होटलसम्म लैजाने बसको व्यवस्था गर्न नसकिने भएपछि अवतरण अनुमति प्राप्त भएन।
तेल हाल्न सो विमान ओसाकाको कान्साइ विमानस्थलमा बिसायो। तर, यात्रुहरुलाई होटलसम्म लैजाने व्यवस्था हुन सकेन।
विमानका यात्रुहरुले दुई घण्टाको उडान १६ घण्टाको यात्रामा बदलिएपछि अनलाइनमा त्यसबारे लेखेका छन्। तर, एयरलाइन्सले राम्रो क्षतिपूर्ति दिएको उनीहरुको भनाइ छ।
एक यात्रुले आफूहरुलाई नयाँ बोर्डिङपास, २० हजार येन र होटलमा बस्दा पानी उपलब्ध गराइएको बताएका छन्।
फुकुओकामा नजिकै आवासीय क्षेत्र भएकाले राति १० देखि बिहान ७ बजेसम्म विमानस्थल बन्द राख्ने गरिन्छ। तर, मौसमको खराबी र एयरपोर्ट जामजस्ता टार्न नसकिने कारणले ढिला भए त्यो अवधिमा पनि विमान अवतरण गर्न दिइन्छ।
तर, सो विमानको हकमा टार्न नसकिने कारणले ढिलाइ नभएको अधिकारीहरुको ठहर थियो। बीबीसी
प्रतिक्रिया