ad ad

रोचक


मुस्कुराउनै बिर्सिए युवायुवतीले, हाँस्न सिक्न कक्षा लिँदै

मुस्कुराउनै बिर्सिए युवायुवतीले, हाँस्न सिक्न कक्षा लिँदै

नेपालखबर
जेठ १४, २०८० आइतबार १०:१, काठमाडौँ

१४ मार्च, जापान। योकोहामास्थित एक प्रशिक्षण कक्षामा सहभागी थिए २० जना युवायुवती। जीवनलाई सामान्य बनाउने अभ्यासमा अभ्यस्त हुने तयारी उनीहरूको थियो, किनभने उनीहरूले मुस्कुराउनै बिर्सिएका थिए। र, त्यहाँ भइरहेको थियो- मुस्कान प्रशिक्षण कक्षा।

१५ मार्चदेखि जापान सरकारले अनिवार्य मास्क लगाउनुपर्ने निर्देशन हटायो। त्यसको अघिल्लो दिन ती युवायुवतीहरू मास्क नलगाइकनै घरबाट त्यहाँसम्म आइपुगेका थिए।

तीन वर्षदेखि कोभिड-१९ ले बदलिदिएको थियो जीवनशैली। पूर्ववत् फर्किन प्रयासमा उनीहरू थिए, कोभिडले उनीहरूको दैनिकी फेरबदल त भएकै थियो। लामो समय मुखमा मास्क लगाएकाले मुस्कुराउने तरिका पनि भुलेका थिए।

प्रशिक्षणमा विशेषत: महिलाहरूको सहभागिता धेरै थियो।

प्रशिक्षणमा सुरुमा उनीहरूलाई तनाव कम गर्ने शारीरिक व्यायाम गराइयो। व्यायामपछि आनन्दसाथ खुलेर बस्न भनियो। त्यसपछि हरेकको हातमा ऐना दिइयो। ऐनालाई ठीक आँखाको अगाडि राख्न भनियो।

उनीहरूले आफ्नो प्रतिबिम्ब हेरे। महिला प्रशिक्षकले खुसीको क्षणमा सबैभन्दा बढी अभिव्यक्त हुने र खुम्चिने/फैलिने अनुहारको भागमा ध्यान केन्द्रित गर्न सुझाइन्।

रेडियोबाट उद्यमतर्फ प्रवेश गरेकी इगाओइकुले चलाएको 'स्माइल एजुकेसन क्लास' मा उनले प्रशिक्षणको अन्त्यमा विभिन्न प्रशिक्षणपछि युवायुवतीलाई अनुहारको हाउभाउले मात्रै अरुसँग संवाद गर्न सकिने भन्दै मुस्कुराउनु जीवनमा धेरै महतत्वपूर्ण रहेको बताइन्।

कोरोनापछि धेरैमा मनोवैज्ञानिक असर परेको उनको भनाइ थियो। हालसम्म ४ हजारभन्दा बढीलाई मुस्कान प्रशिक्षण दिएकी उनले ७ सय जनालाई यस्तो कक्षाका लागि तालिम पनि दिइसकेकी छन्।

जापान टाइम्ससँगको कुराकानीमा उनले कोभिड संक्रमण ओरालो लाग्दै गएपछि मास्क लगाउनेको संख्या घटेको र मुस्कान प्रशिक्षण लिनेको संख्यामा वृद्धि भएको जानकारी उनले दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .