ad ad

रोचक


इफेल टावरलाई श्रीमान् मान्ने एरिका, जो अब काठको पर्खालसँग प्रेममा छिन् (भिडिओ)

इफेल टावरलाई श्रीमान् मान्ने एरिका, जो अब काठको पर्खालसँग प्रेममा छिन् (भिडिओ)

नेपालखबर
जेठ २८, २०८० आइतबार ७:४६, काठमाडौँ

सन् १९८९ मा बनेको पेरिसको फलामे टावर इफेलका आफ्नै विशेषता छन्। फ्रान्सको प्रतिष्ठित यो संसारभर प्रसिद्ध पनि छ।

तर यही टावरसँग जोडिएको एक रोचक घटना छ, जहाँ एक अमेरिकी युवतीले उक्त टावरलाई श्रीमान् मान्ने गरेकी थिइन्। ५१ वर्षीया एरिका लाब्री जसले सन् २००७ मा आफू निर्जीव वस्तुप्रति शारिरीक रूपमा आकर्षित हुने बताएकी थिइन्, त्यही समयमा उनले आफूले बिहे गरेको बताएकी थिइन्। अचम्म त के भने त्यो कुनै व्यक्तिसँगको बिहे थिएन, उनले आफ्नो श्रीमान् इफेल टावर भएको बताएकी थिइन्।

यतिसम्म कि उनले आफ्नो पछिल्लो नाम पनि बदलेकी थिइन्, उनले आफ्नो नाम एरिका ला टुर इफेल राखेकी थिइन्।

संसारलाई अचम्ममा पार्ने ती महिलाको प्रेम अब बदलिएको छ। तर टावरसँगको आकर्षण सकिएर उनी मानिसप्रति आकर्षित भएकी भने होइनन्, पुन: निर्जीव वस्तुप्रति नै उनी आकर्षित भएकी हुन्। टावरसँगको सम्बन्धले बोर भएको बताउने उनी अब काठको पर्खाल (बार)सँग प्रेममा छिन्।

उनले आफू रातो बारसँग शारिरीक रूपमा आकर्षित भएको बताएकी छन्। भिडिओमा बारलाई अँगालेर उनले प्रेम प्रकट गरिरहेको पनि देख्न सकिन्छ। उनले भनेकी छन्, 'मैले यहाँ यस्तो बार फेला पार्ने सोचेकी पनि थिइनँ।'

उनले फ्रेन्च निर्माण ज्यामितिय रूपमा एकदमै आकर्षक हुने बताउँदै भनेकी छन्, 'पक्कै पनि म यस बारसँग शारीरिक रूपमा आकर्षित छु, र म यो बारलाई राम्रोसँग चिन्न चाहन्छु।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .