ad ad

रोचक


फ्रि-फायर खेलेर आमाको बैंक खाताबाट ५७ लाख उडाएपछि...

फ्रि-फायर खेलेर आमाको बैंक खाताबाट ५७ लाख उडाएपछि...

नेपालखबर
जेठ २९, २०८० सोमबार १०:३४, काठमाडौँ

केही वर्षयता अनलाइन गेमहरू पबजी र फ्रि-फायर खुब चर्चामा छन्। बालकदेखि युवा पुस्तासम्म यस्ता गेम नशा जस्तै बनेका छन्, जसको लतबाट छुट्कारा पाउन कठिन हुन्छ।

पबजीको लतमा परेका बच्चाहरूले घरमा झगडा गरेको तथा हत्यासमेत गरेको सम्मका घटना बाहिर आएका छन्। पबजीका कारण बालबालिकाले घरबाट चोरी गर्ने र आत्महत्यासम्मको कदम चालेका यस्ता धेरै घटनाहरू पनि बाहिर आएका थिए। विभिन्न देशले पबजीमा प्रतिबन्ध पनि लगाएका छन्।

उसो त भारतमा पबजी प्रतिबन्ध छ। तर त्यसको ठाउँ पबजी निर्माता कम्पनीकै अर्को गेम फ्रि-फायरले लिएको छ। भारतको हैदरावादमा फ्रि-फायर खेलेर एक किशोरले आमाको ठूलो रकम खर्चिदिएको घटना बाहिर आएको छ।

हैदरावाद साइबर प्रहरीलाई उल्लेख गर्दै भारतीय सञ्चार माध्यमले जनाए अनुसार १६ वर्षीय ती किशोरले फ्रि-फायर गेम खेल्न ५६ लाख ६० हजार (३६ लाख भारु) खर्च गरेका हुन्।

उनी हजुरबुवाको स्मार्टफोनमा गेम खेल्थे। उनले पहिले आमाको बैंक खाताबाट रु १५०० र त्यसपछि १० हजार खर्च गरे। लत बस्दै गएपछि उनले क्रमश: हतियार किन्न आमाको बैंक अकाउन्टबाट पैसा खर्च गर्दै गए। 

यो घटना त्यतिबेला मात्रै सामुन्ने आयो जब उनकी आमा पैसा झिक्न भनेर बैंकमा गइन्। बैंकले खातामा पैसा नभएको जवाफ दिँदै ३६ लाख भारु हतियार किन्न खरिद भएको जवाफ दियो। उक्त घटनापछि आमाले हैदरावादस्थित साइबर ब्युरोमा उजुरी दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .